बाँसबारी प्रकरण : विनोद चौधरीमाथि छानबिन गर्न गृहमन्त्रीको निर्देशन – Naya Bikalpa
May 15, 2024, Wednesday

बाँसबारी प्रकरण : विनोद चौधरीमाथि छानबिन गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले कांग्रेस सांसद तथा उद्योगपति विनोद चौधरीमाथि बयान लिने भएको छ । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा सीआइबीले चौधरीसँग बयान लिन लागेको हो ।

गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि सीआइबीले चौधरीसँग बयान लिने जनाइएको छ । गृहमन्त्री लामिछानेले आइतबार बिहान महानिरीक्षक बसन्त कुँवर र सिआइबी प्रमुख श्याम ज्ञवालीलाई बोलाएर चौधरीमाथि अनुसन्धान अगाडी बढाउन निर्देशन दिएको बुझिएको छ । साथै मन्त्री लामिछानेले जुत्ता कारखानाको १० रोपनी जग्गा सरकारको मातहत लेयर आउने  प्रक्रिया शुरु गर्न समेत निर्देशन दिएको बुझिएको छ ।

बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा हाल चौधरीकै चांदबाग स्कुलले प्रयोग गर्दै आएको छ । यस प्रकरणमा विनोद चौधरीका भाई अरुण चौधरी गत माघ १८ गते पक्राउ परेका थिए भने उनलाई अदालतको आदेशमा रिहा गरिएको थियो ।

सम्बन्धित समाचार

गिरिबन्धु प्रकरणविरुद्ध कांग्रेस लागेपछि ओलीको आक्रोस– यो देश कांग्रेसको एकलौटी हो?
गिरिबन्धु प्रकरणविरुद्ध कांग्रेस लागेपछि ओलीको आक्रोस– यो देश कांग्रेसको एकलौटी हो?
  • २०८० चैत्र ४, १४: ३१

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गिरीबन्धु टि स्टेटको नीतिगत भ्रष्टाचार प्रकरणमा आफूविरुद्ध नेपाली कांग्रेस खनिएमा आक्रोस पोखेका छन्।...

एमालेले सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने
एमालेले सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने
  • २०८० चैत्र ४, १४: ३१

धनगढी। नेकपा एमालेको सुदूरपश्चिम प्रदेश संसदीय दलले मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई विश्वासको मत दिने निर्णय गरेको छ। नेकपा एमाले सुदूरपश्चिम प्रदेस...

ओली र लामिछाने लक्षित ‘सहकारी ठगी’ र ‘गिरीबन्धु टी स्टेट भ्रष्टाचार’विरुद्ध सडकमा नेविसंघ
ओली र लामिछाने लक्षित ‘सहकारी ठगी’ र ‘गिरीबन्धु टी स्टेट भ्रष्टाचार’विरुद्ध सडकमा नेविसंघ
  • २०८० चैत्र ४, १४: ३१

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांंग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ)ले ‘सहकारी ठगी प्रकरण’ र ‘गिरीबन्धु टी स्टेट नीतिगत...