१.प्रधानमन्त्री पुष्पकमल दाहालले फागुन २१गते जुन नयाँ गठबन्धनको पुनरावृत्तिगर्नु भएको छ, त्यसको पछिल्तिर जेसुकै कारणहरु भए पनि एउटा कारण दिइएको थियो, यो सरकारले स्थायित्व दिनेछ र बाँकी करिब ४वर्षको अवधि यही गठबन्धनले सत्ता समाल्ने छ ।
त्यसो त विभिन्न कोणहरुबाट एकले अर्कालाई दोषारोपण पनि गरिएको छ जसलाई जनताले फगत हँसीठट्टाको विषय मानेका छन् । कारण हो, आज एउटासँग अर्को झगडा गर्छ रएकअर्कालाई सत्तो सराप गर्छ अनि अलि दिनपछि त्यसैसँग घाँटी जोडेर हिजो प्रशंसितका विरुद्ध आगो ओकल्ने, भन्नु नभन्नु भन्ने गरेको पाइन्छ ।
अनि कोसँग को मिल्ने र कोसँग को नमिल्ने भन्ने पनि स्पष्ट कहिल्यै भएन । त्यसको कारण आजको संविधानको समानुपातिक प्रतिनिधित्वलाई दोष दिइन्छ तर दोष तिनकै हो जसले समानुपातिकलाई किनबेचको विषय बनाए जबकि समानुपातिक प्रतिनिधित्व भनेको त्यस्ताको प्रतिनिधित्व हुनुपथ्र्यो जो प्रत्यक्ष निर्वाचनमा सहभागिता जनाउन सकेनन् या समावेशिताका लागि तिनको प्रतिनिधित्व जरुरी हुन्थ्यो ।
२.अहिले कस्तो देखिन्छ भने सरकारलाई अंकगणित पु¥याउनमात्र गठबन्धनको फेरबदल भएको होइन, बरु सत्ता स्वार्थका अनेक रोटी सेक्नका लागि समीकरण बारम्बार परिवर्तन भएको पाइन्छ । नेपालको अहिलेको राजनीतिक परिदृश्यमा पक्कै नै दुई वा दुई दलभन्दा बढी मिलेरमात्र सरकार बनाउने अंकगणित पुग्छ । एउटा दृष्टिले यसलाई समन्वयतात्मक राजनीतिको आवश्यकता परिपूर्ति पनि मान्न सकिन्छ ।
गठबन्धनको संस्कृतिलाई अपनाउनु जरुरी छ । तर विचारमा बेमेल, समाजप्रतिको दृष्टिकोणमा नै आधारभूत अन्तर, रुपान्तरणका औजारहरुमा पनि व्यापक अन्तर र राजनीतिक परिणामका बारेमा समेत आपसमा सैद्धान्तिक आधार र आकार नमिल्ने दलहरु या व्यक्तिहरुको गठबन्धनले दिने परिणाम भनेको अस्थिरता नै हो ।अस्थिर, अस्थायित्व र दोधारेपनले राजनीतिलाई परिणामविहीन बनाउँछ ।
राजनीतिको पहिलो र अन्तिम परिणाम भनेको जनताको हित हो, राज्यको हित हो र समग्रमा विश्वलाई नैतिक बाटो देखाउने क्षमता आर्जन गर्ने पनि हो । अहिलेको गठबन्धनबाट न त जनताले सकारात्मक सन्देश पाएका छन् , न त जनताले त्यसबाट प्रभावकारी सेवा प्राप्त गरेका छन् । त्यसले झन गठबन्धनको सकारात्मक संस्कृतिभन्दा नकारात्मक प्रवृत्तिले प्रोत्साहन पाएको देखिन्छ ।अनि सत्ताको कुर्सी अस्थिरतामा रुमलिएको हुन्छ । त्यसैमा अन्य शक्तिहरुले पनि खेल्ने मौका
पाउँछन् ।
३. पोहोर पुस १० गते एउटा असामान्य जस्तो लाग्ने घटना देखिएको थियो । पुस १० भन्दा पहिले आम निर्वाचनमा पनि असामान्य परिस्थिति देखिएको थियो । गठबन्धन संस्कृतिका नाममा वैचारिक धरातलसमेत फरक भएका दलहरु नेपाली कांग्रेस र नेकपा माओबादी केन्द्रका बिचमा १६५स्थानको प्रतिनिधि सभाको निर्वाचनका लागि उम्मेदवारीमा समेत गठबन्धन भएको थियो।
नेपाली कांग्रेस, माओबादी केन्द्र, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादीहरुका बिचमा उम्मेदवारहरुको सिटमा समेत तालमेल भएर आजको प्रतिनिधि सभाको संरचना तयार भएको थियो । भद्र सहमतिको विषयमा विवाद भएर छिनमा नै त्यो गठबन्धन तोडेर नेकपा माओबादी केन्द्र आफ्नो कटु आलोचना गर्ने एमाले नेतासँग गठबन्धन गर्न पुग्यो र त्यही बेलामा एमाले, रास्वपा, राप्रपासहितको सहमतिमा प्राप्त प्रधानमन्त्रीको पुरस्कारलाई आज पनि प्रचण्डजीले प्रधानमन्त्रीका रुपमा मुलुकको नेतृत्व गरिरहनु भएको छ ।
त्यसपछि करिब दुई महिनाभित्रै त्यो पुस १०को गठबन्धनमा दरार आयो र टुट्यो । त्यसपछि त्यही सरकारलाई पुरानै गठबन्धनमा सहयात्रीहरुले काँध हालेर फागुन २१सम्म करिब १वर्ष चल्यो । फेरि त्यही पुरानो गठबन्धनमा प्रधानमन्त्री
फर्कनु भयो तर यसपटक भने राप्रपाको साथ देखिएन तर नेकपा एस भने सहभागी भयो ।
यसरी १४महिनामा तीन प्रकारको गठबन्धन सम्भव भयो । यसले सरकारको अस्थिर अवस्थाको संकेत गर्छ जुन मुलुकको स्वास्थ्यको लागि हानिकारक हुन्छ । त्यसो त मुख्य सहयोगी दल नेपाली कांग्रेसले दललाई कुनै जानकारी नदिई गठबन्धनका सहयात्रीका मन्त्रीहरुलाई निकालेको गुनासो व्यक्त गरिरहँदा भारती विदेश मन्त्री जयशंकरजीले भने आफूलाई प्रधानमन्त्री प्रचण्डले युगान्डामा नै सरकारमा सहयात्रीहरु परिवर्तन गर्न संकेत दिएको बताएर नयाँ बहसको सृजना भएको देखिन्छ ।
एमालेका अध्यक्ष पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले भन्नु हुँदछ—मान्छे चीनले यो गठबन्धन बनाएको भन्दा रहेछन्, यो त हामीले नै बनाएको हो, त्यसको जस किन चीनलाई दिने, मलाई दिए हुन्छ । अर्थात् घुमाउरो पाराले, ठट्टाको रुपमा भए पनि ओलीजीले चीनको प्रयासको स्वीकार गर्नु भयो,अनि भारतीय विदेशमन्त्री जयशंकरको कूटनीतिक संकेतले भारत पनि यसमा मिसिएको र उसको पनि कूटनीतिक सहमति देखिने मान्न सकिन्छ भनेर राजनीिितक पर्यवेक्षकहरु अनुमान गर्न थालेका छन् ।
४. सरकारको काम गराई, सरकारको गति र तरिकाले के संकेत गरिरहेको छ भने सरकार एउटा क्रस रोडमा उभिएको छ । उसको गन्तव्यको नयाँ बाटो देखिएको छैन । त्यसो त गठबन्धन सरकारले नयाँ साझा कार्यक्रम पनि ल्याएको छ तर त्यसमा दम छैन किनभने पुस १०को पहिलो गठबन्धनले पनि कार्यक्रम सार्वजनिक गरेको थियो, त्यसपछिको अर्को गठबन्धले पनि कार्यक्रम साझा गरेको थियो र अहिले पनि कार्यक्रम साझा गरेको छ ।
फरक यतिहो, बारम्बार कार्यक्रममा हस्ताक्षर गर्नेहरु दोहोरिन्छन् अनि पुरानो बोतलमा नयाँ रक्सी भनेजस्तै भएको मानिँदो रहेछ ।
५. अब फेरि सरकारमा अरु दलहरुको प्रवेश गराउने कुरा देखिन्छ एकातिर भने पुरानो समाजवादी मोर्चामा नेकपा एमालेको सहभागितमा जोड दिइएको पाइन्छ जवकि एमाले आफैँ नेपालका कम्युनिस्ट आन्दोलनमा आफैँ मूलधार भएकाले सबै आफैँमा समाहित हुन आउन् भनेर बारम्बार आह्वान गरिरहेको छ । एमाले कुनै राजनीतिक गुटमा सहयोगीको रुपमा प्रवेश गर्नेछैन भन्ने अनुमान सहजै गर्न सकिन्छ । अनि अरु कम्युनिस्ट पार्टीहरुभन्दा प्रजातान्त्रिक छवि र प्रजातन्त्रप्रतिमो आफ्नो निष्ठालाई २०४६सालदेखि नै देखाउँदै आएको छ विभिन्न अग्नि परीक्षाहरुबाट पास हुँदै पनि आएको छ ।
रणनीतिकरु पमा , क्षणिक समयका लागि बाहेक एमालेले अन्य कम्युनिस्ट घटकको नेतृत्वमा आफूलाई राख्ला भन्ने लाग्दैन र अहिले सबै दलहरुको भन्दा आफ्ना कार्यकर्ताहरुलाई गोलबन्द गर्न पनि एमाले सक्षम देखिन्छ । त्यसैले एमालेको नेतृत्वभन्दा अरुको नेतृत्वमा यो सरकार स्थिर हुन्छ भन्ने देखिँदैन ।
त्यसो त एमालेको भित्री चाहना भनेको एकीकृत समाजवादीसँग दल मिसाएर संसदको ठुलो दल भएर सरकारमा आफैँ अल्पमतको सरकार चलाउने सुरमा छ जसको समर्थन नेपाली कांग्रेसले गरोस् भन्ने चाहन्छ । नभए अन्ततः नेपाली
कांग्रेस र एमालेको संयुक्त सरकार बन्न पनि सक्छ र आवश्यक परे सहमतिमा मध्यावधिमा जान पनि सक्छ । त्यसो त संविधानमा संशोधन जरुरी भएको छ जसमा नेकां र एमाले नमिली सम्भव पनि छैन र जनताले अरुले गरेको संशोधनमा विश्वास पनि गर्ने छैनन् ।
६. र अन्त्यमा, अब एकपटक यो राजनीतिक अस्थिरतासँगै सबै दलहरु आफूमा हुँडलिने छन्। मुलुक राजनीतिकरुपमा मात्र होइन, आर्थिकरुपमा समेत जर्जर भएको छ । भर्खरजस्तो आर्थिक रुपमा जुर्मुराएर उठ्न थालेको छ तर अझै कसरी तंग्रिने हो भन्न मुस्किल छ । अर्थमन्त्रीहरु परिवर्तन गरेर र केन्द्रीय बैंकले कहिले सुधारको , कहिले नाजुक भनेर विज्ञप्ति निकालेरमात्र आर्थिक अवस्थामा सुधार आउने होइन, आर्थिकरुपमा मुलुक चलायमान हुनु जरुरी छ ।
मन्दीकायम छ । मानिसहरुले पैसा थुपारेर राखेका छन् , बैंकहरुमा पैसा थुप्रिएको छ तर उद्यमशीलतामा लगानी ओइरिएको छैन । राजनीतिकरुपमा अस्थिर परिस्थिति हुँदासम्म मानिसहरु निश्चित छैनन् ।
को कुनबेला कसरी पक्राउमा पर्छ भन्ने अन्यौल सृजना भएको छ भनिन्छ । हामीले जति छोपे पनि मुलुकको तरल अवस्थाले निकास पाउन सकेको छैन । अब चिन्तामात्र गर्ने होइन कि यसका बारेमा राजनीतिक क्षेत्रमा राजनीतिक स्थिरताका लागि नेपाली कांग्रेस र एमाले मिलेर , समन्वयमा ठोस कदम नचाले कुनै पनि राजनीतिक दुर्घटनामा मुलुक फस्न सक्छ भन्ने पर्यवेक्षकहरुको धारणामा फरक मत राख्नु पर्ने देखिँदैन ।
मुलुकको दुरावस्थामा जसले जसलाई दोषारोपण गरे पनि यो मुलुक हामीले , हाम्रा राजनीतिक जनप्रतिनिधिहरुले नै बनाउनु पर्छ र आपसमा एकता र समन्वय जरुरी छ । मुलुक खाल्डोमा नपरोस् भन्ने चिन्ता सबैमा देखिन्छ । समाधान छिटो जरुरी छ ।
(नयाँ विकल्प साप्ताहिक बाट)
काठमाडौं : नेपाल–भारत विकास सहकार्य’अन्तर्गत भारत सरकारको सहयोगमा तेह्रथुमको आठराई गाउँपालिकामा खाम्लालुङ स्वास्थ्य चौकी भवनको शिलान्यास गरिएको छ। शुक्रबार तेह्रथुम...
हेमन्त केसी/रासस सुर्खेत : लामो समयदेखि ठेक्का अलपत्र पार्दै आएका निर्माण व्यवसायीलाई भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय बोलाएर छलफल...
काठमाडौँ : राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् । एनपीएलको आजकोे पहिलो खेलमा लुम्बिनी लायन्स र...