विभिन्न दलको सदस्यमा संलग्न शिक्षकहरू राजीनामा दिँदै – Naya Bikalpa
May 16, 2024, Thursday

विभिन्न दलको सदस्यमा संलग्न शिक्षकहरू राजीनामा दिँदै

काठमाडौं । विभिन्न राजनीतिक दलको सदस्य रहेका शिक्षकहरूले राजीनामा दिन थालेका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दलको सदस्यता लिएका शिक्षकलाई कारबाही गरिरहेको शिक्षकहरूले विभिन्न राजनीतिक दलको सदस्यबाट राजीनामा दिन थालेका हुन् ।

शिक्षामन्त्री सुमना श्रेष्ठले २०८१ वैशाख ४ गते मन्त्रीस्तरीय निर्णयबाट सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूलाई दलको सदस्य भएको खण्डमा कारबाही गर्ने निर्णय गरेकी थिइन् ।

मन्त्रीस्तरीय निर्णयपछि मन्त्रालयबाट केन्द्रलाई परिपत्र गरेसँगै केन्द्रले देशभरका ७७ वटै जिल्लाका शिक्षा विकास तथा समन्वय इकाईलाई परिपत्र गरेको थियो ।

इकाईहरूले समेत सामुदायिक विद्यालयहरूलाई सार्वजनिक सूचना जारी गर्दै राजनीतिक दलको सदस्यता लिने, कार्यकारी समितिमा रहने, महाधिवेशन प्रतिनिधि हुने जस्ता कार्य नगर्न र नगराउन भनेका छन्।

इकाईहरूले सार्वजनिक सूचना जारी गरेसँगै त्यस्ता शिक्षकहरूले राजीनामा दिन थालेका हुन् । बाग्लुङमा नेपाली कांग्रेस वडा उपसभापति रहेका शिक्षकले राजीनामा दिएका छन् ।

सम्बन्धित समाचार

रबीलाई बोल्न दिने प्रधानमन्त्रीको प्रस्तावमाथि कांग्रेस नेताहरु छलफलमा
रबीलाई बोल्न दिने प्रधानमन्त्रीको प्रस्तावमाथि कांग्रेस नेताहरु छलफलमा
  • २०८१ बैशाख १७, १६: ५०

काठमाडौं। उपप्रधानमन्त्री रबी लामिछानेमाथि सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बनाउन माग गर्दै संसद अबरुद्ध गर्दैै आएको नेपाली कांग्रेसले लामिछानेलाई...

सहकारी वैंकका अध्यक्ष उप्रेती रहेको हाम्रो सहकारी कार्यालयमा आगलागी
सहकारी वैंकका अध्यक्ष उप्रेती रहेको हाम्रो सहकारी कार्यालयमा आगलागी
  • २०८१ बैशाख १७, १६: ५०

काठमाडौं। राष्ट्रिय सहकारी वैंकको अध्यक्ष समेत अध्यक्ष भएको हाम्रो वहुउद्देश्यीय सहकारी संस्थाको ललितपुर कुपन्डोलस्थित एक सहकारीमा आगलागी भएको छ। तत्कालीन...

शेखर कोइराला भन्छन्– ओली संसद विघटन गर्ने वाटो खोज्दैछन्
शेखर कोइराला भन्छन्– ओली संसद विघटन गर्ने वाटो खोज्दैछन्
  • २०८१ बैशाख १७, १६: ५०

काठमाडौं। नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रतिनिधिसभालाई विघटनको स्थितिमा पु¥याउन खोजेको आरोप लगाएका छन्।...