
१. नेपाली राजनीतिको नयाँ परिदृश्य
लामो मौनतापछि अचानक बज्रेको चट्याङ्जस्तै गरी भदौ २३ र २४का आन्दोलन, आन्दोलनकारीको हत्या, मुलुकको न्यायपालिका, व्यवस्थापिका र कार्यपालिकामाथि गरिएको भौतिक विध्वंशकारी हमलाले भोग्नु परेको अचिन्त्य मार्मिक अवस्थाको समेत अपनत्व लिँदै काठमाडौँ महानगर पालिकाका मेयरलाई भावी प्रधानमन्त्री घोषणा गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेकै नेतृत्वमा पुनर्गठित भएको छ । स्मरणीय छ— रास्वपाका सभापति तथा पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने अझै पनि विभिन्न जिल्ला अदालतमा सहकारी ठगीको आरोपका मुद्दा खेप्दै हुनुुहुन्छ । आफ्नो दललाई वैकल्पिक शक्तिको परिभाषाभित्र अटाउने चाहने रास्वपा र यसका नेताहरुले आगामी फागुन२१गते हुन लागेको प्रतिनिधि सभाको निर्वाचनमा एक्लै भाग लिन चाहेनन् र भदौ २३ र २४को विध्वंशको भूमिगत नेताको रुपमा आम मानिसहरुले चिन्न थालेको प्रतिनिधि पात्र बालेन साहको सहारा लिन थालेको हल्ला मात्र होइन रहेछ, पुस १३गते विहान नै त्यो मूर्तरुपमा नेपाली राजनीतिको नयाँ परिदृश्यको रुपमा देखियो भन्ने राजनीतिक पर्यवेक्षकको धारणा छ । रास्वपामा समाहित भएका बालेन साहको कति जनमत छ भन्ने कुरा मूर्तरुपमा नदेखिएको भए पनि तथ्यांकले काठमाडौँ महानगरपालिकको निर्वाचनका ल्याएको मतलाई मात्र गणना गर्न सकिन्छ । त्यसो त नेपालको भौगोलिक अवस्थितिलाई हेर्ने हो भने बालेन साहले प्रतिनिधित्व गरेको काठमाडौँ महानगरपालिकामा उहाँको आजसम्मको कामप्रति सकारात्मक दृष्टिकोण नै छ तर नकारात्मकता नै छैन भन्ने पनि होइन ।
बालेन साह भत्काउँछन् तर बनाउँदैनन् , तल्लो श्रमिक वर्गप्रति क्रूरता देखाउँछन् र कानुनको परिपालनको नाममा प्रतिशाध पालेर काम गर्छन् पनि भनेको सुनिन्छ । झन भदौ २४गतेको घटनामा आन्दोलनकारीसँगको भन्दा विध्वंशकारीहरुसँगको बढी नै साँठगाँठ छ भनेर जेनजीहरुकै नेताहरुले बारम्बार भन्नु र २४गतेको तोडफोड, विध्वंशलाई जनआन्दोलनको रुपमा चित्रित गरी विजयको भावले सफलता सम्झने रास्वपासँग बालेन साहको एकतामात्र होइन, त्यही पार्टीको दोस्रो वरीयतामा बस्नुले केही कुराको छनक दिएकै छ । अनि अहिले रास्वपा आफैँले आफूलाई मूलधारको शक्तिको रुपमा झुल्किनका लागि वैकल्पिक शक्ति भन्दै निर्वाचनका होमिन थालेको छ जसले २७५स्थानमा नै आफ्नो उपस्थिति जनाउन चाहेको छ । जनताले मत दिँदा सबैले मान्नुपर्छ तर जुन आन्दोलनका कारणले २०८४मा हुनुपर्ने आम निर्वाचन २०८२मा नै हुने वातावरण बन्यो, जुन दुई तिहाईको सरकार ढल्नै पर्ने बाध्यकारी वातावरण मौनतासँग सिर्जना गरियो, यसले भावी राजनीतिको पनि नकारात्मक शैलीको भनक दिनेछ किनभने जसका विरुद्धमा भदौ २४को बाध्यकारी अवस्था सृजना गरियो, उनीहरुको संगठनमा सामान्य परिवर्तन सम्म होला, तर जनमतमा खासै परिवर्तन हुने लक्षण अझै देखिँदैन । जे होस्, मुलुकलाई सही बाटोमा हिँडाउनका लागि उदय हुने, हुन चाहने र भएका सबै शक्तिहरु अब जनताका माझ जाँदैछन् र नयाँ दलहरुले पुराना दलहरुलाई सकारात्मक कामले सबक सिकाउँछन् कि प्रतिशोधपूर्ण तरिकाले बदला लिन थाल्छन्, त्यो पनि यही निर्वाचनको क्रमका थाहा हुनेछ ।
नेपाली जनताहरु चाहन्छन् , बेदाग नेतृत्वले नेतृत्व देओस् र मुलुकको अस्मिता जोगाउँदै भइरहेको विकासमा अझ टेवा दिँदै थप समृद्ध बनाउन लाग्न सकोस् । तर आगामी निर्वाचनपछि पनि कुनै दलको सहज वहुमत आउने कुरामा अझै शंका छ र फेरि पनि म्युजिकल चेयरको खेल सुरु हुने अनुमान गर्न थालिएको छ । पुराना राजनीतिक शक्तिहरुले दिन नसकेको सेवा कसरी नेपालीले पाउँछन् होला भन्ने संशयका साथ प्रतीक्षा गर्न दलहरुले दिने उम्मेदवार, स्वतन्त्ररुपमा देखापर्ने उम्मेदवारहरुको नाम हेर्न अब धेरै बाँकी छैन किनभने समानुपातिक तर्फको नामावली आजै बुझाउनु पर्नेछ र माघ ६गते प्रत्यक्षतर्फको उम्मेदवारी दिनु नै पर्नेछ । र पनि सर्वोच्च अदालतको इजलासमा रहेको प्रतिनिधि सभाको पुनस्र्थापनाको रिटलाई पनि विचाराधीन मुद्दाको रुपमा जेहेनमा राख्नु नै पर्छ होला । यदि पुनस्र्थापना भएपछिको राजनीतिक परिदृश्यको कल्पना पनि दूरदृष्टि राख्ने राजनेताले गर्छन् पनि होला । र नेपाली प्रजातन्त्रको इतिहासमा धेरै दलहरु र व्यक्तिहरुमा आपसी सहमति र सम्झोता हुने तर कार्यान्वयनको चरणमा गएपछि आपसमा विवाद हुने देखिएको पुनरावृत्त अब नहोला भन्ने प्रत्याभूतिचाहिँ कसले दिने ?
२. नेपाली कांग्रेसमा बाघ आयो भन्ने लोककथाको पुनरावृत्ति हुने हो कि ?
नेपाली कांग्रेसको हालको केन्द्रीय समितिमा वहुतीय पक्षले नसोचेको काम भएको थियो विशेष अधिवेशनको ५५ प्रतिशत महाधिवेशन प्रतिनिधि मागकर्ताहरुका हस्ताक्षर । त्यसको दबाबका गरिने भनेको महाधिवेशनको समय घर्कनै आँट्दासमेत जिल्लाहरुमा निर्वाचनको प्रक्रिया सुरु हुन आवश्यक पर्ने क्रियाशील सदस्यताको निधो हुन नसक्नु । जसले जसलाई दोषारोपण गरे पनि २०८२साल मांसिरमा निर्वाचन गर्ने सुुरमा डाक्टर शेखर कोइरालाबाहेक कोही पनि मौखिक रुपमा समेत तयारी थिएनन् । डाक्टर कोइरालालाई २०८३ मंसिर यता कुनै महाधिवेशन नहुने ओठे जबाफ दिने नेताहरु नै भदौ २४गतेपछि(पार्टी सभापति शेरबहादुरजीले भौतिकरुपमा कुटाइ खाएपछि )रातारात तत्काल महाधिवेशन हुनुपर्ने नभए विशेष अधिवेशनमार्फत् केन्द्रीय नेतृत्व परिवर्तन गर्नुपर्ने भनेर एजेन्डा तयार गरियो र विशेष अधिवेशनको तयारी सुरु भएको देखिन्छ । यसको अर्थ हो, ५५प्रतिशत महाधिवेशन प्रतिनिधिहरुले जसलाई छान्छन्, त्यसैले जित्ने अवस्था रहेकाले महाधिवेशन भन्दा विशेष अधिवेशनमा बढी जोड देखिन्छ । हुनुपर्ने हो महाधिवेशन । प्रतिस्पर्धी दल एमालेले महाधिवेशन गरेको पनि एक महिना हुनै लाग्यो तर यही मंसिर अन्तमा समय सिद्धिने नेपाली कांग्रेसले पुसको अन्त्यमा समेत महाधिवेशन गर्न नसक्ने देखिन्छ । अतीतमा विवादका कारणले दल नै विभाजन भएको तितो यथार्थ भोगेका कांग्रेसी जनहरु कहीँ निर्वाचनको मुखमा दल नै पो भाँडिने हो कि ? भन्नेमा डराउन थालेका छन् किनभने महामन्त्री द्वयले नै नेतृत्व परिवर्तन नभए निर्वाचनका भाग नलिने धम्की दिइरहेका छन् र तत्काल विशेष अधिवेशनको माग गर्ने र नगर्नेका बिचमा अस्वस्थ प्रतिस्पर्धा देखिन थालेको छ ।
फागुनको निर्वाचनपछिमात्र महाधिवेशन गर्ने र आम निर्वाचन पहिले नै महाधिवेशन गर्नुपर्ने , नभए विशेष अधिवेशन गरेर भए पनि नेतृत्व परिवर्तन हुनै पर्ने भन्ने दुई थरी जिद्दीले कहीँँ ख्यालख्यालमा बाघ पो आउने हो कि ? अर्थात् दलमा फुट पो आउने हो कि भन्ने चिन्ता परम्परागत मतदातामा देखिन्छ । नेपाली कांग्रेसलाई आम जनतामा आधारित दलको रुपमा लिनेहरुले मानेका छन्, मौन जनमत नै कांग्रेसको शक्ति हो जसले प्रजातन्त्रको पर्यायको रुपमा नेपाली कांग्रेसलाई मात्र देखेका छन्, सम्झेका छन् र गुटबन्दीको घेरामा रहँदा पनि जनताले यति धेरै मत दिन्छन् कि सरकारमा जानका लागि दबाब परिरहेको देखिन्छ । तर जथाभावी गठबन्धन गर्ने र सिद्धान्तभन्दा स्वार्थ र सत्ताको मात्र ध्यान दिनेहरुसँग दिक्क भएका जनताले यदि विकल्प सोचे भने के अवस्था होला ? किनभने आज धेरै वेकल्पिक शक्ति हुन आउने भनेको नै नेपाली कांग्रेसलाई विस्थापन गरी आफूलाई प्रजातन्त्रको पक्षधर बनाउन खोजेको चाहिँ बिर्सन हुँदैन ।
नेकांको इतिहासमा प्रजातान्त्रिक व्यवस्थाभित्रै यति ठुलो संकट यसभन्दा पहिले आएको थिएन किनभने दल यति कमजोर पहिले भएको थिएन । प्रतिवन्धित कालमा समेत संगठन मजबुत थियो र मानिसहरु सिद्धान्तमा कोहीसँग सम्झौता गर्न चाहँदैनथे र सिद्धान्तको अडानले नेकांको अस्तित्व बलियो थियो र आजसम्म पहिलो दलको रुपमा २००६सालदेखि छँदै थियो । कमजोर हुँदा पनि हात्ती दुब्लाएको थिएन तर अहिले संगठन कमजोर हुनु, सिद्धान्तमा विचलन आउनु अनि त्यसको सट्टा विकल्पमा अरु दलहरु देखिन थाल्नु अनि सत्तामा बस्दा सुशासन दिन नसक्नुले आजको अवस्था देखिन थालेको हो भन्ने निर्मम समीक्षा नहुनु पनि हो । धेरै गल्ती भएको पाइए पनि दलभित्रको एकता नै बल हो र तत्काल भिड्नु पर्ने निर्वाचनमा अरु कुरामा भन्दा अर्जुन दृष्टि भावी नेपालको भविष्यका हुनुपर्छ । प्रजातन्त्रको नयाँ परिभाषा आवश्यक छैन तर नयाँ तरिकाको अभ्यास आवश्यक देखिन्छ ।
काठमाडौं । विघटित प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका चर्चित नेता डा. सुनिल शर्माले पार्टीभित्र देखिएको विवाद विशेष महाधिवेशनमार्फत समाधान हुने...
नेपाली कांग्रेस यतिबेला इतिहासको संगिन मोडमा उभिएको छ, हुन त नेपाली कांग्रेस आफैमा लोकतान्त्रिक पार्टी हो । इतिहासलाई निहालेर हेर्ने...
संसद जनप्रतिनिधि हुन । नेता मात्र नभएर कानुन निर्माता पनि हुन साच्चै भन्नुपर्दा देशको भाग्य निर्माता मानिन्छन् । किनकी, हजारौँको...